#नेपाली पोष्ट

अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिरहेका सन्दीप लामिछाने अहिले घरेलु लिग खेल्न उत्साहित रहेको देखिन्छ । अष्ट्रेलियाको बिग बास लिगमा गत वर्ष पनि सन्दीले खेलेका थिए त्य खेलमा सन्दीपको टिम फाइनल पुगेको भए पनि मेलवर्न डर्बीमा रेनेगाड्ससँग पराजित भएको थियो ।
नेपालको घरेलु लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) बीचमै छाडेर बीबीएल खेल्न अष्ट्रेलिया पुगेका सन्दीपले बीबीएलमा स्टार्सका लागि लिग खेलेका थिए

चैत १ देखि हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सन्दीप लामिछानेले काठमाडौं किंग्सबाट खेल्ने भएका छन् । सन्दीपलाई काठमाडौं किंग्स ११ ले अनुबन्ध गरेको छ । तर उनलाई अनुबन्ध गरेको रकम खुलाइएको छैन ।
सन्दीपले काठमाडौं किंग्सबाट क्रिकेट खेल्ने जानकारी आफ्नो ट्विटरमार्फत गराएका थिए । यस अघि सन्दीपले ललितपुर प्याट्रियोट्सबाट ईपीएल खेलेका थिए । उनले उक्त दुई खेलमा  ३ विकेट लिएका थिए ।
आफुँ नयाँ सिजन नयाँ फ्रेन्चाइजमा अनुबन्ध भएपछि सन्दीपले खुशी उनले ट्वीटमार्फत व्यक्त गरेका छन् ।