अस्ट्रेलिया तीन महिनादेखि लागेको डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन् । उक्त आगलागिमा लियाको न्यु वेल्सस्थित देखि करिब ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त भएको छ  । कयौं मानिस धरबाहार बिहिन भएका छन् ।

अस्ट्रेलिया  जनावर कंगारू संगै अन्य कयौ पशुपन्छी जलेर नष्ट भएको तथ्य हालै सार्वजनिक भएको छ । कयौं कीरा फट्यांग्रा , चराचुरुङ्गी पशुपंक्षी समेत आगलागीमा परेर मरेका छन् ।
युनिभर्सिटी अफ सिड्नीको विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले  बिबिसीलाई ४९ करोड पशुपंक्षी मारिएको रिपोर्ट सार्वजनिक गरेका हुन् ।

हाल सम्म पनि न्यु साउथवेल्स राज्यको कयौं स्थानमा डढेलो लागिरहेको छ भने धेरै बस्तीहरु आगलागीका कारण सखाप भएका छन् । आगलागिकै कारण डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण मा धरै असर गरेको बताईएको छ ।

अस्ट्रेलियाका धेरै शहरहरुको वातबरण निकै प्रदुषित रहेको विशेषज्ञले बताएका छन् । एउटा हृदयबिदारक घटना ले अष्ट्रेलियामा २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन् भने कयौं घरहरु नष्ट भएका छन् ।