खगेन्द्र सुवेदी
केहि समय पहिले नेपालकी राष्ट्र पतिको बचाउ गर्ने क्रममा सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओली ले स्वीडेनका राजाले साइकल चलाएको गलत उदाहरण दिएता पनि स्वीडेन नेताहरुले सामान्य जीवनयापन गर्ने मामिलामा भने उदाहरण नै बनेका छन् । भ्रष्टाचार कम हुने देशमध्येमा पर्ने यो देशका नेताहरु बारे Sweden – The Untold Story  पुस्तक लेखेका क्लाउडिया वालिनको यो लेखमा त्यहाँका मन्त्री र सांसदहरु सामान्य जनता जस्तै भिडभाड हुने बस र रेलमा चढ्ने, सांसद भएकै कारण केहीमा छुट नहुने, निजी सचिव नहुने, ट्याक्सी चढ्ने नेताको बारेमा समाचार बन्ने, सभामुखले समेत सार्वजनिक सवारी साधन चढ्ने र प्रधानमन्त्रीले मात्रै स्थायी रुपमा कार चढ्ने अधिकार पाउने उल्लेख गरिएको छ । 
यो पढेर नेपाली जो कोही लाई पनि अचम्म लाग्नु स्वाभाविक हो किन की हामीले नेपालमा वार्ड अध्यक्ष हरुले सरकारी गाडी दुरुपयोग गरेको देखेकाछौ अनि वार्ड अध्यक्ष हरुले बाइक किनेर अरुलाई जिम्मा दिएको  देखेकाछौं, साथै वार्ड अध्यक्ष हरुले बाइक चलाउन राखेका ड्राइभर हरु सङ्ग गफ सम्म गरेका देखेकाछौं । अनि सांसद हरुले गाडी सुबिधा लिदैनन भन्दा कसरी बिस्वास गर्न सक्नु !
नेपालमा स्रोत नभएर देश कंगाल हुने अबस्थामा पनि नेतालाई लेण्ड क्रूजर, पजेरो र BMW चाहिने र बिदाको समयमा पनि पेट्रोल खर्च लिने प्रबृत्ति छ त अनि कसरी नेपाल माथि उठने ? १ रुपया र २ रुपया जोडेर सरकारलाई कर बुझाउने जनता खाली खुट्टा पसीना पूछदै कहिले सम्म नेताहरुको महंगो गाडीको रमिता हेरेर बस्नु पर्ने हो ? १ साल चलायो अनि अर्को साल झाडीमा फालेर नँया गाडी किन्ने अनि जनता चाही सधै आधी पेट खाएर बस्नु पर्ने ? 
लोकतन्त्रले नेताको जीबन स्तर उकास्यो राजकीय जीबन जिउन थाले अनि ठेकेदारको राम्रो घर बन्यो साथै दलाल हरुले पनि प्रगति गरे होलान 
तर मजदूरी गरेर खाने किसानको जीबन स्तर खै कहा परिबर्तन भयो आफुले उत्पादन गरेको समान बिक्री नभएर हैरान छन मजदूरी गर्ने हरू पनि त खान नपाएर भोकै छन नी ! यो लोकतन्त्र किसानको लागि होइन र नेता ज्यू ? अनि मजदूरको चाही यो लोकतन्त्रको लागि योगदान छैन र ?
  जनताले जनयुध्दमा मुक्ति र मृत्युको दोसाध मा रहेर संघर्ष गर्दै उच्च बलिदान दिएको अनि २०६२ र ६३ को जनआन्दोलनमा बलिदान दिएको 
लोक तन्त्रको लागी हो कि जन प्रतिनिधि हरुको लागि हो ? त्यति ठुलो त्याग गरेर जनताले ल्याएको  लोकतन्त्र जनताको लागि भएन त्यो जनताको अभागीपनको दोष हो कि नेताको गद्दारी हो ? कहिले पनि मूल्यांकन गर्ने समय आउदैन ? नेताहरुको दिन परिबर्तन भए आनन्दका दिन आए जनता खान नपाएर भोकै बसेका छन ! के यस्तै लोकतन्त्रको सपना देखाएर युध्द र आन्दोलनको आह्वान गरेको थिएउ ?
तिमीले लिएको सुबिधामा शहीद को रगतको छिट्टा छ तिमी सँगै युध्द र आन्दोलन गर्ने ति महान शहीद को सम्मानको लागि भए पनि केहि गर्नुपर्ने हुन्छ,  जो देश र जनताको हितमा होस ! आफु र आफ्नो परिवारको लागि त कुकुरले पनि गर्छ नी अहिले हिम्मत ,साथ र शक्ति हूदा केहि गर नत्र मर्ने बेलामा पश्चाताप गर्दै मर्नु पर्ने छ तिमीले ? एक पटक छातीमा हात राखेर भन साचै अली कति पनि पश्चताप लागेको छैन ? तिमी हरूको यस्तो मरण नहोस कामना गर्नु म !!!