Hot Posts

6/recent/ticker-posts

उर्लाबारी मृत्यु प्रकरण : थप एक जना






उर्लाबारी :  उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले यस घटनामा सम्लग्न रहेको आशङ्कामा घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो।

मृत्यु भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेको प्रहरीले जनाएको छ।

उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काले जानकारी दिएका छन ।

बाँस्तोलाको गत पुस ५ गते मृत्यु भएको थियो । तर उनको मृत्यु नभइ हत्या भएको दाबीसहित बहिनी सदीक्षा बाँस्तोलासहितले आन्दोलन चर्काएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको थियो।

यस अघि बास्तोलाको मृत्यु प्रकरणसँग जोडिएका एक जनालाइ पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । त्यस्तै अदालतले अर्का आरोपीलाइ धरौटीमा छाड्न आदेश दिएको छ ।

मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । भने उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Reactions

Post a Comment

0 Comments