नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’ डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो । शुक्रबार बेलुकी सम्म भएको रेकर्ड अनुसार यो चलचित्रलाई २४ घन्टा भित्र ७ करोड ८० लाख भन्दा बढी भ्यूज मिलेको छ । यो नै अहिले सम्मको भारतीय चलचित्रलाई डिजिटल प्लेटफर्ममा मिलेको सर्वाधिक धेरै भ्यूज हो ।

यो चलचित्रको ट्रेलरलाई पनि युटुबमा अत्यधिक मनपराएको थियो भने ट्रेलरको भ्यूज पनि धेरै आएको थियो । लभ स्टोरी कथामा आधारीत यो चलचित्र सुशान्त सिंह को अन्तीम चलचित्र पनि बनेको छ । 

सुशान्त सिंह राजपुत र सन्जना साँघी को मुख्य भुमिकामा रहेको यो मूभि मा मुकेश छावराले निर्देशन गरेका थिए । भने यो चलचित्रलाई ए आर रहमानले संगीत दिएका थिए ।