सम्पूर्ण नेपालीहरुमा आज महाशिवरात्रिको धेरै धेरै शरभकामना । भगवान शिवको प्रमुख पर्वको रुपमा मनाई ने पर्व हो शिवरात्रि अर्थात महाशिवरात्रि । हिन्दुहरुको प्रमुख चार्ड हो महाशिवरात्रि । रात्रिकालमा भगवान शिवजीको उत्पत्ति भएको रात लाई नै महाशिवरात्रिको रुपमा मनाईदै आएको छ । आज नेपाल भरी नै शिव भगवान नाममा यो पर्व मनाईदै छ । यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने अर्थमा भगवान् शिवलाइ अत्ति श्रेय पूर्व मनाईने गरीन्छ । आजको दिन भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
0 Comments