फाल्गुन ७, आज प्रजातन्त्र दिवस् । सबै भन्दा पहिला हामि सबै नेपालीहरुको स्वाभिमानी सपनाहरु लाई साकार पर्ने क्रममा भित्रि चित्रहरु कोरीदै आएको यस दिनलाई प्रजातन्त्र दिवसको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । आजको यो दिन हाम्रा प्रिय शहिदहरु प्रतिको गौरबमय छ । यिनै शहिदले गर्दा आज हामिले यस दिनलाई अर्थात फाल्गुनको आजको दिनलाई प्रजातन्त्र दिवस्को रुपमा मनाउदै आएका छौं र यहि शहीदहरुको बलिदानले आएको यस प्रजातन्त्र लाई सम्मानमा स्वरुप नेपालले आज भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ ।

यस देशको लागि बन्दु र बारुदको अगाडि आफुलाई अडिक पारेर नयाँ नेपालको प्रथम कदम उचाल्दै विसं २००७ साल फाल्गुन ७ अर्थात् आजकै दिन एउटा नयाँ नामरणले देशलाई परिचित पारीयो  “प्रजातन्त्र” ।

राज्यमा भएको हरेक ब्यवस्था प्रत्ेक नागरीकहरुबिच समानहुनुपर्ने प्रजातन्त्र को आधार हो । कुनैपनि हालतमा नेपाल र नेपाली बिच यसको भेदभाव गर्न हुँदैन भन्ने आधार नै प्रजातन्त्र हो, हरेक नेपालीले आफ्नो स्वतन्त्र विचरण अनि फरक मत राख्न पाउने अधिकारको सम्मान स्वतन्त्रता नै प्रजातन्त्रको मुख्य आधार हुन् ।
यस दिनको अबसर पारेर टुँडिखेलमा नेपाली सेनाले राजनैतिक दलका नेताहरुको उपस्थिती मा केहि बिवेश प्रकारका कार्यक्रमहरु गर्ने गर्छ ।