नेपालले दोस्रो जितसहित आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजको सुखद अन्त्य गरेको छ । नेपालले आफ्नै घरेलु मैदान त्रिभुवन अन्तराष्ट्रिय रंगशालाबाट प्रतियोगिता शुरु गरेको थियो ।
नेपालले अमेरीका विरुदको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सहज जित हात पार्दा केही कीर्तिमान पनि पनि राख्न सफल भयो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोजी अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए । पहिले ब्याटिङको निम्त्यो पाएको अमेरीकाले १२ ओभर मात्र खेल्दै ३५ रनमा बटुले पछि अलआउट भयो । दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले विकेट झार्न थाले । दोस्रो ओभरको अन्तिम बलमा सन्दीपले अमेरिकी ओपनर इयान होल्याण्डलाई पारस खड्काबाट क्याचआउट गराए । तेस्रो ओभरमा अमेरिकी ओपनर जेभियर मार्सलले केही आशा जगाएका थिए । तर पनि अमेरीकाको विकेट झर्ने क्रम रमेकिएन र २३–१ को अवस्थामा अर्के विकेट गएको थियो । बाँकी ६ ओभरमा अमेरिकाको इनिङ्स पतन भयो र थप १२ रन जोड्दा बाँकी ९ विकेट गुमायो । यसरी विकेट लिने क्रममा सातौं ओभरमा आएका सुशन भारीले पहिलो बलमै जेभियर मार्सललाई स्लिपमा पारस खड्काबाट क्याचआउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाए ।
सन्दीपले आठौं ओभरको दोस्रो बलमा मोनांक पटेललाई बोल्ड गरे । त्यही ओभरको पाँचौ बलमा सन्दीपले निसर्ग पटेललाई बोल्ड गर्दा अमेरिका २९–४ को अवस्थामा पुग्यो र खेल पूर नेपालको पक्षमा आयो ।
३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई पनि सुरुवाति दुई झड्का लाग्यो । ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल दोस्रो ओभरमै १–२ को स्थितिमा आउट भए । एक रनमा दुई विकेट गुमाए पनि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए ।
ICC World Cup क्रिकेट प्रतियोगिता मा चार खेल खेलेको नेपालले अब दोस्रो खेल नामिवियामा खेल्ने छ । नामिवियामा अप्रिल २० देखि अप्रिल २७ सम्मा नेपाल, नामिविया र स्कटल्याण्ड सम्मिलित त्रिकोणत्मक खेल हुनेछ । यो सहित नेपालले अझै ३२ खेल खेल्न बाकिँरहेको छ । यि सबै खेलमा जित निकाल्दै समुहको शिर्स तिन स्थानमा आउन सकेमा नेपालले २०२३ माहुने एक दिवसिय विश्वकप छनेटमा सहभागिता पाउने छ ।


0 Comments