आज  अर्थात माघ १५ गते नेपाल नर्सिङ्ग दिवस । नेपाल नर्सिङ्ग दिवसको अबसरमा सबै नर्सिहरुलाई नर्सिङ्ग दिवसको धेरै शुभकामना । ५७ औं नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदै छ ।  नेपालमा नर्सिङ्ग सेवाको इतिहास धेरै पुरानै रहेको देखिन्छ ।

 नेपालमा विसं २०१३ सालमा नर्सिङ्ग स्कुलको स्थापना भएको थियो यसै संगै नेपालमा यस्को अध्ययन पनि सुरु भएको थियोे । नेपालमा वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना गरीएको थियो । यसै दिनलाई आधार मानेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।
नेपाली तथा बिदेशी गरी करीब ८० हजार नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । नर्सिङ्ग पेशा व्यावसायिक बन्न सकिरहेको बेला नर्सहरु न्युन तलबमा काम गर्न बाध्यरहेका छन् ।